सरुको प्रश्नको जवाफ!
तिमी मलाई नसोध कति माया गर्छौ भनेर
मायाको ‘नि कुनै नाप हुन्छ र ?
पुग्दैन र सारा जीवन तिमीलाई दिँदा पनि?
भन के दिएर तिमीलाई खुशी पारू त?
सँगै बाँच्ने, सँगै मर्ने कसम खाएको
बिर्सियेउ कि तिमीले आजै?
ब्यर्थ हो जून तारा माग्नु अहिले
न सक्छु म दिन तिमीलाई कहिले
झूठा कसम ख्वाएर किन कोर्छेउ परिधि
मायाको ‘नि कुनै सीमा हुन्छ र?
पुग्दैन र सारा जीवन तिमीलाई दिँदा पनि?
भन के दिएर तिमीलाई खुशी पारू त?
मारे पाप पाले पून्य भनी दिएको नासो हौ तिमी
प्राप्ती होउ तिमी मेरी होइनौ कर्तब्य
नसोध माया कतिका लागि भनेर
म त गर्दिन्छु माया सधैं-सधैंलाई
बिना सर्तको मायामा किन राख्छेउ सर्त
मायामा ‘नि कुनै सर्त हुन्छ र?
पुग्दैन र सारा जीवन तिमीलाई दिँदा पनि?
भन के दिएर तिमीलाई खुशी पारू त?
bp122@york.ac.uk; bp.aalok@gmail.com
