सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ
मायाको थैलीमा विस्वास नअटेको हेर
धोको समग्रमा सबैको एउटै त होला
चाहना पुर्याउँदैछु मेरो लास आज हेर
सपनाहरु सबै हे ईश्वर जहर भयो
एक त्यान्द्रो जिन्दगी हाँस्ने जीवनमा सधैं रहर भयो
जति भोग्नुथियो लेखनमा भोगें अब सकिन
जति थाम्नु थियो जीवनमा अब सकिन
धोको समग्रमा सबैको एउटै त होला
ढुकढुकी बिसाउँदैछु मेरो लास आज हेर
मायाको किरणमा औंसीको रात पर्यो
मिलनको यात्रामा बिछोडको बास पर्यो
पराई भो माया
सपनाहरु सबै हे ईश्वर जहर भयो
मेरो सम्झना कसैको परेलीमा फुलेछ भने
मेरो बचनले कसैको जिन्दगी दुखेछ भने
धोको समग्रमा सबैको एउटै त होला
जीवन अड्याउँदैछु मेरो लास आज हेर
जीवनलाई सजाऊँ भन्थें मुस्कानका तरेलीमा
बिथ्याउने पराइ भइदियो सम्झना केबल परेलीमा
पराई भो माया
सपनाहरु सबै हे ईश्वर जहर भयो
शब्द, संगीत – सुक गुरुङ
स्वर – अरूण थापा
एल्बम – ऋतुहरूमा तिमी
