तिमी जहाँ छौ त्यहाँ, अहिले मध्ये रात भयो होला
तिम्रो मेरो सपनी मै, कती मिठो बात भयो होला
बेसुरमै अन्दाधुन्द, अंगालोमा बाँध्यौ कि मलाई
झस्कियौ भने कतै, नहुँदामा म घात भयो होला
देख्यौ सुन्दर् गुलाब, अञ्जुली भरी उपहार मेरो
ब्यूँझिएर सजाउँन खोज्दा, खाली हात भयो होला
के गर्नु र प्रेम-पत्र? नपाउँदामा स्पर्शिलो माया
मेरो चिठ्ठीहरु पनि, खडेरीको पात भयो होला
हुरीले ल्याएको कसिंङ्गर हैन, पिरतीको भाब
झाडु लागाएर बढार्न नमिल्ने, खात भयो होला।
