Skip to content

ईतिहास मै नलेखिएको………..

ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म ।

जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने,
मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।

भोली देखी शहर-बजार मान्छे भई हिड्छ गजल,
प्राण भरी त्यसमा अझै जवानी बनाइदिन्छु म ।

मोफसल मै बसी बसी तीर् हान्छु उपत्यका,
गजलबाटै युद्ध छेडि खरानी बनाइदिन्छु म ।

कस्ले भन्छ काठमाडौंमा, मात्रै गजल खेती हुन्छ ?
चितवनलाई त गजलकै राजधानी बनाइदिन्छु म ।

4 thoughts on “ईतिहास मै नलेखिएको………..”

  1. वाओ नेपोलियन जी क्या गजब को
    वाओ नेपोलियन जी क्या गजब को जगल लेख्नु भो गजल सल सल सल बग्यो
    मन मा हलचल भयो
    मझेरी मा येस्ता गजल को खेति हुनु पर्छ भन्ने मेरो पनि मान्येता हो

    सफलताको लागी सुभकामना

    ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
    निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म

    सफलताको लागी सुभकामना
    सफलताको लागी सुभकामना

  2. निचोर्नु भो साहित्य यो तप्प
    निचोर्नु भो साहित्य यो तप्प तप्प पानि भयो
    मझेरी मा गजल पढ्ने अब मेरो बानी भयो

    सुगम

Leave a Reply

Your email address will not be published. Required fields are marked *