तीजको दिन माइती लिन आउँछन् भनेर
बसेकी हौली हे मेरी चेली हात औली गनेर
तीजको दिन यसपाली लिन सकिन आउनलाई
समुद्रपारि अर्काको देशमा मन थिएन जानलाई
साहुको ऋण पहाड़ भई शिरमा बज्रियो
आमाको घाऊ पुरानो ब्याथा मुटुको बल्जियो
तीजमा लिन आएनन् भनी मूल बाटो हेरेर
हेलामा परे भनेर चेली रोयौ कि बसेर
नरोई बस हे मेरी चेली लिएर धीरज
साहुको ऋण चुकाई माइती अबस्य फ़िर्दछ,
मानौंला तीज साटौंला खुसी आएसि फर्केर
बस है चेली दुई चार बर्ष त्यो दिन पर्खेर
तीजको दिन माइती लिन आउँछन् भनेर
बसेकी हौली हे मेरी चेली हात औली गनेर
लखनपुर ३ झापा
