Skip to content

काख दिने को होला


मेरो छायाँले जस्तै साथ दिने को होला
मेरो आमाले जस्तै काख दिने को होला ।

हर पल हर क्षण ह्दयको माझ
आफ्नो मायाले जस्तै बास दिने को होला ।

बादलुको घुम्टो खोली धर्तीमा प्रकाश
चन्द्रमाको उज्यालो रात दिन को होला ।

शरदको चिसो भित्र न्यनोपना दिने
तातो घामले जस्तै ताप दिने को होला ।

अन्यायको बिरुद्धमा सधैँ लागिरहन
मेरो उषा ले जस्तै आँट दिने को होला ।

– बिष्णु तिवारी उषा
भरतपुर- ४ नारायणगढ

3 thoughts on “काख दिने को होला”

  1. गजलको भाव, वजन सम्बन्धी त
    गजलको भाव, वजन सम्बन्धी त गजलमै विशेषज्ञ जस्तै भैसकेका अरू साथीहरूले प्रतिकृया दिनुहोला। तर, मैले देखे अनुसार काफिया (साथ, काख, बास, रात, ताप, आँट)को प्रयोग चाहिं (अहिलेको प्रचलनका गजलहरू हेर्दा) अलि मिलेन कि जस्तो लाग्यो। भूलचुक माफ!

    http://www.dautari.org/2008/12/blog-post_7009.html

    1. गजलको एकाक्षरी काफियामा शुद्ध
      गजलको एकाक्षरी काफियामा शुद्ध सिङ्गल अक्षरबाट बनेको काफिया प्रयोग हुनसक्छ ।
      गजलको बिद्यार्थीः गोर्खेसाइँलो नेपाल ।

      1. एस्मा मेरो मनले पनि येही भन्छ
        एस्मा मेरो मनले पनि येही भन्छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *