धेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी
वाचा कसम खांदा-खांदा पखला पो लाग्यो नी ।
तन्,मन्,धनको सत्ता सुम्पिदिए उनीलाई
गुणको बदला मुखमै आई तिनले पादयो नी ।
धेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी ….
अचेल धुङधुङती गनाउछ मेरो नाम समाजमा
नक्कचरी!झिम्टी कसी पोइला भाग्यो नी ।
धेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी….
थाहा पाएं कुकुरलाई घिउ पच्दैन रहेछ
जुन थालमा खाईन तिनले त्यही हग्यो नी ।
धेरै मायां लाउदा-लाउंदा मैलिएर फाट्यो नी
वाचा कसम खांदा-खांदा पखला पो लाग्यो नी ।