तीज आयो घुमिफिरी माइत आऊ है चेली
माइतीमा जे भने पनि हाँसी खुशी खाऊ है चेली
बुढा भ’का बाआमालाई खुशी राख्नु तिम्रो धर्म
आँगनीमा नाच्दै रमाउँदै गित गाऊ है चेली
मन ठुलो पार्नु पर्छ खिन्न पार्नु हुन्न
जे छ आफ्नो औकातमा त्यही लाऊ है चेली
देखासेखी गर्नुहुन्न घाँटी हेरी हाड निल्नु
नयाँ साडी किन्न भनी बजार नजाऊ है चेली
