केबल तन हो मेरो धन तिमी सग पैसाको थुप्रो
महलमा तिमी बस्छौ म बस्ने घर छ झुप्रो
तिमी खान्नौ हिरामोती म पनि खान्न ढुङगा माटो
खाने अन्न एउटै हो हिड्ने पनि समान छ बाटो
फेरि किन एति धेरै भिन्नता एउटै मान्छे मान्छेमा
सानो जात र ठुलो जात छुट्याउछौ कुन आखामा
जात त केवल दुई छन् नर र नारी यो धर्तीमा
पुजे पबित्र मनमै भेटिन्छ भगवानको प्रतिमा
मुसा,साङ्ला अनि कुकुरबिरालोले छोएको तिमी खान्छौ!
सानो जातले छोएको खादा अनिष्ट हुन्छ भन्छौ!
अचम्मको तिम्रो सस्कार मान्छे भन्दा जनावर ठुलो
उचनिच कोही छैन एउटै छ हाम्रो कर्म थलो
आकास एउटै धर्ती एउटै छ एउटै हम्रो देश
धेरै फूलहरु एक फुलबारीमा बनाउनु छ एउटै मेष
हातमा हात समाइदेउ काधमा काध मिलाइदेउ
देश हम्रो सुन्दर छ यसलाई स्वर्ग बनाइदेउ

ramro chha sir
ramro chha sir