Skip to content


(प्यारीलाई चिठ्ठी )      

दुखीको कर्म लिएर आइयो बिछोडमा परियो
अभागी रैछ दुखीया जीबन आसुमा डुबियो,
घरमा बसै साहुले आई सताउछ रातो दिन
बेचैनी मन के गरे बहन रोइरहन्छ छिनको छिन।
 
नमान पीर धीरज लेउ सम्माल घरबार
साहुको ऋण चुकाईकन  आउछु म हेर
दुखी यो जीबन दुखको भारी कर्म नै खोटो छ
यो दिलमा हेर टासेको मैले तिम्रो नै फोटो छ।
 
सम्झेर यो मन कहाँ चैन छ र प्यारको निसानी
बिहान कैले ओभानु रह्यो यो मेरो सिरानी
अर्काको माटो अर्काको काम लिलामी जीवन
म आउछु फर्की सम्झेर घरबार बिर्स्यो की नभन।

लखनपुर ३  झापा ,
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *