Skip to content

रोजेँ मैले मनको साथी

  • by


(शिशु गजल )

रोजेँ मैले मनको साथी, तिमीलाई प्रवास आज
जब तिम्रो हात पाएँ, छायो मनमा मधुमास आज ।

छहारिको खोजी थियो, यो मन लुकाउनलाई
अनायसै पाएँ तिम्रो, सुन्दर मनको आवास आज ।

एकान्त प्रेमी मन मेरो,किन चन्चल बन्दैछ
जब दिलले तिमीसँग,गर्यो मीठो सहवास आज ।

स्वतन्त्र र आजाद थियो,समयको हरेक पल
मलाई नै कैद गर्ने,त्यो बन्यो काराबास आज ।

(अमेरिका )
(गजलले फेरी कसैको उपनाममा सजिन मन पराएको छ गल्ती भये क्षमा प्रार्थी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *