Skip to content

अन्यायको बिरुद्द आगो भै बलौँ हामी

  • by


अन्यायको बिरुद्द आगो भै बलौँ हामी
देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी ।

सन्तान हौँ हामी सबै एउटै देश नेपालको
आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

एउटै आकाश ओढेर,बाँच्दै आयौँ हामी सबै
एकताको नारा लगाइ,एक बनी चलौँ हामी।

को हो पराइ,को आफन्त भेदभाव नराखी
शत्रुको गोली सामु आए,फलाम बनी छलौँ हामी ।

(शिशु गजल )

(अमेरिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *