Skip to content

फूल बनिदिनु सानी

  • by


भमरा बनी आएँ भने फूल बनिदिनु सानी
तिर्खाएछु प्यासमा भने मूल बनिदिनु सानी

थाक्दै आए कहिँ कतै प्रेम रुपी संसारबाट
छहारीमा दुःख मेट्ने टुल बनिदिनु सानी

माया माथि बर्सिएर भेल बाढी आयो भने
मुटुमाथि ढुङ्गा राखि पुल बनिदिनु सानी

मनै त हो बरालिँदै दायाँ बाँया लाग्न सक्छ
देखे पनि नदेखेझैँ भुल बनिदिनु सानी

प्रकाश बञ्जारा “विहानी”
साउने चउर —९ खोटाङ्ग

हाल — नवोदित साहित्यिक वाचनालय दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *