(शिशु गजल ) आचार्य प्रभा
कहिलेकँहि नशाले तिमी, मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।
मन हो बहलाउन, जे सुकै गर तिम्रो खुशी
नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।
म त तिम्रै चाहना हुँ, रिसाउ वा खुसाउ मसँग
रिसले होइन,दङ्याएर, पात्तिएको मन पर्छ ।
मनले माया गरेपछी, हर कुरा नै मीठो हुन्छ
म सँग रिसाएर, कागज झैँ च्यात्तिएको मन पर्छ ।
(अमेरिका)
(गजल बिशेष गरेर शुरा,सुन्दरी लाई लिएर पहिला लेखिने गरिन्थ्यो आजकल भने बिभिन्न कुरालाई समेटेर लेख्न थालिएको छ यो शिशु गजलमा मैले पनि अलिकती नशाकै चर्चा गर्ने प्रयास गरेकिछु )

Thikai chha ni ta, Gajal ma
Thikai chha ni ta, Gajal ma sabai kura sametiyeko nai ramro ho. kina ki yasto kunai bises paridhi chhaina. j hos gajal ramrai cha. Thanksss, Keep it up.
प्रभा जी शुरा,सुन्दरी लाई
प्रभा जी शुरा,सुन्दरी लाई लिएर अहिले पनि गजल लेखिएका छन् तर अलि कम भएहोला
तपाइको गजल मा नशाकै चर्चा गरेर लेखेको भएपनि राम्रो भएको छ सुन्दर लग्यो
हजुरलाई जस्तो मलाइपनि मन्पर्छ
कहिलेकँहि नशाले तिमी, मात्तिएको मन पर्छ
नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ ।
gajaba chha baa, badhaai
gajaba chha baa, badhaai prabhaa aachaarya jee,