Skip to content

असारै महिनामा

  • by


असारै महिनामा पानी पर्यो रुझाउँने
एक्लो यो मेरो मन कसरी बुझाउँने
भन्थिन है मैच्याङले रुँदै धरर
नौडाँडा पारी छ कम्पनी शहर
विछोडको बेलैमा

मनै बराल्ने न्याउलको बोली
यही बेला मैच्याङ के गर्दै होली
पिंढीमा बसेर केके कुरा गर्दी हो
कहिले हाँस्दी हो कहिले रुँदी हो
मलाई नै सम्झेर

छङछङ बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
दिनभरि खेल्दो हो मलाई नै भुल्दो हो
साँझ परेपछि आामालाई सोध्दो हो
खै बाबा भनेर

शब्द, संगीत – तुलसी गजमेर
स्वर – छुजाङ डुक्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *