Skip to content

खेलाएर केसराशी बासुँ बासुँ जस्तो लाग्छ

  • by


खेलाएर केसराशी बासुँ बासुँ जस्तो लाग्छ
बसालेर काखमा अधर चुमु चुमु जस्तो लाग्छ

किन होला बैंसालु मन नसालु नै भईरह्यो
तिम्रो मन भन किन लुटुँ लुटुँ जस्तो लाग्छ

पोखिएर गोधुलिमा नजाने ती रक्तिम किरण
सजाउन तिम्रो माथा मुछुँ मुछुँ जस्तो लाग्छ

राज गर्न तिम्रो दिलमा सयौं सयौं जुनीसम्म
थाहै नदिई तिमीलाई पसुँ पसुँ जस्तो लाग्छ

मदहोस भएछु म तिम्रो रूपको नसा पिई
अंगालोमै जनमभर कसुँ कसुँ जस्तो लाग्छ

लखनपुर ३ झापा, नेपाल
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *