Skip to content


‘जीवनमा प्रशस्त पैसा कमाउन सकूँ’ । संसारमा कसैले गर्न नसकेको शोख मैले नै गर्न पाऊँ ।

उसले सोच्यो- “जीवन धनपतिहरूको उत्कृष्ट उपहार हो ।” धनबिनाको जीवन पृथ्वीको भार शिवाय केही होइन । उसले जीवनको एउटा आदर्श बनायो-सम्पत्ति ।

नभन्दै उसले जीवनका सम्पूर्ण समय सम्पत्ति आर्जनमा व्यतित गर्यो । अन्ततः उसले प्रशस्त आर्थिक उन्नति गर्यो पनि । भौतिक सुख-सुविधा, ऐश-आराम, मोजमस्ती के मात्र गरेन र ! अभाव भन्ने वाक्य उसको शब्दकोशमा रहेन ।

प्रशस्त धन आर्जनपछि उसले सोच्यो-सुनको पलङमा सुत्ने, सुनको थालमा खाने, सुनकै कुर्सीमा बस्ने… । नभन्दै सुनको थाल ल्यायो- भात खायो । सुनको कुर्सी ल्यायो-बस्यो, सुनको पलङ ल्यायो सुत्यो । तथापि उसलाई सुनको पलङमा पटक्कै निद्रा परेन । ऊ आधा रातमा बाहिर निस्कियो । ठेलगाडामा मस्त निदाइरहेका गाडावालहरूलाई देख्यो । ऊ छक्क पर्यो, कसरी मीठो निद्रा सुत्छन्- यिनीहरू ?

उसको अन्तर्मनले सम्झायो- “आवश्यकताभन्दा बढी सम्पत्तिले मानिसलाई चैन दिँदैन ।” हो, उसले थप सोच्यो- ‘महìवकाङ्क्षा आफैँमा घातक रहेछ’ ऊ झस्कियो । उसले अब आवश्यकताभन्दा बढी सम्पत्ति गरिब तथा दीनदुःखीहरूको सेवामा खर्च गर्ने सोच बनायो । अकुत सम्पत्ति कमाउने लालसा त्यागेर ऊ सामान्य जीवन बिताउन थाल्यो । अचेल भने ऊ मस्त निदाउन थालेको छ ।

किनकि-आज ऊसँग सुनको थाल, सुनको कुर्सी र सुनको पलङ छैन ।

-झुले-२, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *