Skip to content


जिन्दगी यो प्रकाश छरी अस्ताउने घाम रै’छ
दुःख, सुख मिश्रण हुने एउटा बेग्लै नाम रै’छ ।

सङ्घर्षको दोसाँधमा अल्झिएको यो जिन्दगी
पलपलमा झस्काइदिने एउटा ठूलो ताम रै’छ ।

जिन्दगीमा एउटा बेग्लै संसार होला भनी सोच्थेँ,
कुनै ईश नभएको अर्थहीन धाम रै’छ ।

मिलन, विछोड, हाँसो, आँसु कैयौँ पाटा जिन्दगीका
जिन्दगी यो वशमा ल्याउने राजनीतिको साम रै’छ ।

अरू केही हैन हजुर एकबारको यो जिन्दगी
केही काम नपाएका लफङ्गाको लाम रै’छ ।

-कैलपाल-९, डङ्सिली, बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *