Skip to content

थामेर किन छोड्यौ हातहरू

थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू

दुई किनाराहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन
तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन

धेरै पहाडहरू लुटेर भाग्ने तिम्रो कहानी मैले बुझ्न सकिन
तिमी उड्यौ कुन वसन्त छेक्न ओइलिएर फेरि म फुल्न सकिन

शब्द – सुरेन्द्र राना
स्वर – सुनिता सुब्बा
संगीत – राम थापा

1 thought on “थामेर किन छोड्यौ हातहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *