Skip to content

तिम्रो  सामू

  • by

नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो  सामू
मेरा मनका सारा ब्यथाहरू पनि, सारें तिम्रो सामू
 
दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात 
आँशुको नदी  पार गर्दै, आफूलाई तारें  तिम्रो सामू
 
उडिरहन्थ्यो यो मन पनि बहकी, सधैं  कहाँ  कहाँ ?
थाम्न नसकी पीडा मनको, फेरि हारें तिम्रो सामू
 
आफैंबाट अल्पपरिचित बनी, बाँचिरहेथें  म एक्लै  
अन्जान  बनेको मनलाई आज पारें तिम्रो सामू
 
(अमेरिका  )

Leave a Reply

Your email address will not be published. Required fields are marked *