मुर्खसे बालको ढिन्गो हो, हो पाडरी पाडरी
किन मान्छे पशु भा’को जीवन बाँच्नु कसो गरी
अर्काको आँगको लिखा देख्छ आफ्नो आँगको भैसी नदेख्नेले
थोरे जानी धेरै जान्ने टपर्टुइयाँ जस्तो गरी
आफु नाँच्न जान्दैन र सधै आँगन टेडो देख्छ
अरु सबै दास मेरा, गर्जन गर्छ बाघको सरी
मुखले जहिले राम राम जपी बगलीमा छुरा बोकी
थाहै नपाई कत्ति बेला कहाँ हान्छ मरने गरी
लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन
