Skip to content

आउछ दशै बर्ष पुर्‍याइ
जान्छ दशै ऋण बोकाइ
जसोतसो जोर जाम गर्नैपर्छ
महान पर्ब खुशीले मान्नैपर्छ

अहा!कती राम्रा घरहरु रङ्गिएका
पिङ्गमा बासका लिङ्गोहरु बाङ्गिएका
खुशी र आनन्दको बिकुल फुक्दै
रमाउछन केटाकेटी पिङ्गमा झुल्दै

नातागोता इष्टमित्र सबै भैइदिदा भेला
घर आगनमा लागिदिन्छ खुशीको मेला
हत्या र हिङ्शाले देश रोएको बेला
हासोखुशी बाडौ शान्तिदुतको भैइ चेला

धेरै बली चडिसके सपुतहरु देशका लागि
अत्याचारले डङ्क फुक्दा जिउनु पर्‍यो भागि
दसा नेपाल आमाको सकिएर आओस अब दशै
२०६६ सालको बडाचाड खेर नजाओस त्यसै

Leave a Reply

Your email address will not be published. Required fields are marked *