पुरा होउन् तिम्रा इच्छा लक्ष्यहरुले शिखर चुमुन
शत्रुहरू हटून सबै मित्रहरूले हरपल झुमून्
दिर्घायुको कामना छ सुस्यास्थ्यको आराधना
सुभावना जागून सबै कुभावना पाखा लागून्
सबैलाई आफ्नो मान्नु म र मेरो अहम् नहोस
बास बसेका कुबिचार ती यसैपाली सबै भागून्
सबका सबको सद्विवेक फिरोस् माटोप्रति प्रेम जागोस्
ठुलो सानु धनी गरीब गोलो मेचमा सबै बसून्
शुभकामना बिजयादशमीको सम्पुर्ण मित्रजनमा
शान्ति छाओस देशमा सधै ख़ुसी चुम्दै सबै नाचून्
लखनपुर ३ झापा
हाल बहराइन
