Skip to content

मेरो मान्छे तिमी

नहोऊ दुख्खी म जति टाढा भए पनि
तिम्रै लागि बाचेको हुनेछु है,
क्षितिज हेरी नरोऊ तिमी
सधै तिम्रै परेलीमा हुन्छु है।

जति कष्ट गरे पनि
तिम्रै खुशीको लागि हो,
जति यहाँ भुले पनि
तिम्रै प्रतिक्षामा बाँचेको हो

मेरो माया, मेरो मुटु, मेरो बिश्वास तिमीलाई
दिनु छैन केही तिमीले सबै मैले पाई सकेको छु,
हाँसी खुशी बस त्यहाँ कुरी मलाई
आउनेछु लिन छिट्टै सजाउँछु तिमीलाई।

मेरो माया सागर हो तलाउ नसम्झ
जति टाढा भए पनि पराइ नसम्झ,
बग्दै आऊ मलाई भेट्न नदी बनेर
सदा सदा जुगौ जुगौ अनि संगै बाँचौंला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *