Skip to content

सपनीमा किन आइरहन्छौ ?

तिम्रो खुशी त मागेको छैन मैले

घरिघरि किन मलाई रुवाइरहन्छौ ?

बिछोडको सीमारेखा कोरिसकें मैले

अझै पनि सपनीमा किन आइरहन्छौ ?

मेरो पनि मुटु छ तिम्रो जस्तै

पीरमा दुख्छ अनि पोल्छ ब्यथाले

किन घोचिरहन्छौ तातो झिर बारबार

तिम्रो खुशी बिथोल्ने छैन मेरो प्रेमकथाले

छैनन अब जलिसके सारा प्रेमपत्रहरू

खरानी झै उडे छताछुल्ल मेरा खुशीहरू

समेटेर नसमेटिने अनगिन्ती घाउहरू

चरचराइरहन देऊ पिडामा केही छैन रुचीहरू

तिमी सुनौलो बिहानी किरण छर्दै जाऊ

म ढल्न लागेको साझ बिस्तारै ढल्दैछु

तिमी सफलता र सुखको महल बनाउदै जाऊ

म यो खुशीको संसारलाई बिदा माग्दैछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *