Skip to content

यसपाली नि तिम्रो चोली फेरिएन  मेरी सानी
गरीबलाई यसपाली नि हेरिएन मेरी सानी

धनी मानी जति सबै दशैँद्धारा घेरिएछन्
ढुङ्गे गाह्रो कमेरोले घेरिएन मेरी सानी

दशैँ आयो भन्थ्यौ तिमी दशा आको रै छ घरमा
नाङ्गो आङ्गमा एक धरो बेरिएन मेरी सानी



अधिकारका कुराहरू  हाम्ले जति गरे पनि
संविधानमा एक अक्षर केरिएन मेरी सानी

कोही जालान् जहाज चढी लाखौँ लाख खर्च गरी
यसपाली त घोर्ले खसी  सेरिएन मेरी सानी


साउने चउर –९ खोटाङ्ग
हाल दोहा-कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *