तिमीसित नभेटी नै छुटिनु पर्यो
तिम्रो खुशी भर्दाभर्दै रित्तिनु पर्यो
मलाई छोडि अरुको नै हात समायौ
सारा बन्धन तोडी मलाई एक्लो बनायौ
सात जूनीसम्म तिमीलाई रोजेको थिए
मेरो सुन्दर सपना तिमीलाई सोचेको थिए
तिमी बिनाको संसार अध्यारो लाग्थ्यो
तिमी हाँस्दा प्रकृति हाँसे झै लाग्थ्यो
तर आज तिमी हरायौ मेरो जीवनदेखि
मेट्दा नमेटिने छाड्यौ मुटुमा अमर नाम लेखी
तिमी जहाँ छौ बितोस तिम्रो जीवन खुशीले
फुकाउन सकिन बाधेको गाठो मायाको रस्सीले

इन्द्र जी नमस्कार!
कविता
इन्द्र जी नमस्कार!
कविता राम्रो कोर्नु भएछ,
मानिसले पाउनु मात्र मायाहैन त्याग्न सक्नु पनि माया हो,
त्यसैले मायालुको खुसि आफ्नो खुसि ठान्नु भएछ,
राम्रो छ,
मिना बान्तवा,