Skip to content

सुनौलो यो बिहानीले

  • by

लिई रश्मी  किरण् आयो सुनौलो यो बिहानीले
नयाँ सन्देस के ल्यायो सुनौलो यो बिहानीले ।

कतै उत्सव् म देख्दै छू कतै उल्लासका नारा
कतै रङ्गी  टिका लायो सुनौलो यो बिहानीले ।

लगाई प्राणको  बाजी लडेथ्यो जो समर सिङ्गो
जिती ब्राम्हण्ड हल्लायो सुनौलो यो बिहानीले ।

नयाँचाला  नयाँढाँचा नयाँ संस्कार  जन्माई
पुराना  रीत पल्टायो सुनौलो यो बिहानीले ।

सबै हाँसुन्  सबै नाचुन् सबै बाँचुन्  रमाएर
नयाँ आधार जन्मायो सुनौलो यो बिहानीले ।

विधाता छन्द बहरे हजज मुसम्मन सालिम  १६ अक्षर
य.र.त.म.य.गु ।ऽऽऽ॥ऽऽऽ॥ऽऽऽ॥ऽऽऽ मफाईलुन् × ४ रुक्नमा

धनगढी कैलाली हालः महेन्द्रनगर कचनपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *