Skip to content

बर्ष  र दिनको आयो नि तिहार मेरो भाइ आएन
मेरो चाहिं माइती समुद्रपारि सजाउन पाइन
तिहारको बेला आगनी डिल सयपत्री फक्रियो
आएन माइती लगाउन माला त्यो पनि वैलियो
 
अरुका देख्छु दाजु र भाइ लस्करै राखेर
लगाईं टिका सजाई गला ओखर फोरेर
दिर्घायु भन्दछन् आशिष दिन्छन् नाच गान गर्दछन
मनका इच्छा मेरो चाहिं सारा मनमै मर्दछन
 
मानिसको जीवन होइन कि कसो गरीब दुखीको ?
न दसैं आउछ न तिहार आउँछ गरीब जातिको
चाडको नाममा बिकृति बढ्यो मनाउनु पर्छ रे
ठुला र बड़ा सामन्तसँग सुहाउनु पर्छ रे ,
 
ऋणको भारी बोकाउन पाए गरीब सारालाई
रमाइलोसँग आउँछ रे चाड गरीब मारालाई
आऊ माइती राजा एक जुट होऔ कुरीति हटाऊ
आ-आफ्नै पनले दसै र तिहार चाड पर्ब मनाऊ ,
 
आघौ साल के हो दैबको लीला को जान्न सक्छ र
मिलाई चाजो आउने काम गरेस तिहारमा भर सक
बर्ष र दिनको आयो नि तिहार मेरो भाइ आएन
मेरो चाहिं माइती समुद्रपारि भाइ टिका लाएन,

लखनपुर ३ झापा, नेपाल
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *