मुठीभरि आकाश साँचेर
औँलाभरिको जूनमा
सपनाको गुराँस फुलाउँछु ।
ध्ाानसँग उमि्रएका साबो
गहुँसँग झुलेका कालीपोकेझैँ
संविधानसभाको सपना
कतै मृगमरिचीका त बन्दैन ?
सिताङ्ग बनाउँछ मलाई
आजकाल यस्तै आशङ्काले
मन्दिरसामु याचनाका उछ्वासहरु
म भएर पोख्छ समय अचेल
म मुठीभरिको आकाश ओढ्न रमाउँछु
औँलाभरिकेा जूनसँग पैँठेजोरी खेल्न चाहन्छु
तर
कहिले पहाड बनेर
कहिले मधेस बनेर
समयले निर्ममघात प्रतिघात
गरिरहेछ ।
उसै त दुई ढुङ्गाबीच
चेप्टिएको म
भएको छु आज
निर्वासित चराझैँ ।।।।
