ढुक्कसँग आँट एउटा गरी आउँछौ भने आऊ
जिन्दगीको सागर गहिरो तरी आउँछौ भने आऊ ।
दैलादैला गई ढुक्दा, खडेरीले मूल सुक्दा
बन्दै वषर्ात् अनि, साउन झरी आउँछौ भने आऊ ।
बाँझो खेतमा बुकी फुल्दा दुनियाँले गाउँघर भुल्दा
यी भूमिमा तिमीले वीज छरी आउँछौ भनी आऊ ।
साथी विदेश जान सक्ला, दुनियाँलाई लान सक्ला
स्वागत तिमी दोधारमा नपरी आउँछौ भने आऊ ।
नाक छोपेर हाँस्छन् यहाँ कोक्काईकोक्याई बाँच्छन् यहाँ
तिमी कैयौँ पटक मरीमरी आउँछौ भने आऊ ।
-तिलाहार-४, ठाना, पर्वत
