Skip to content

सफा निर्मल दहमा
आज जून झरेछ
त्यही जून देखेर
माछा छक्क परेछ !
माछाहरू दहमा
सबै भेला भएछन्
जून राखी माझमा
वरिपरि बसेछन् ।
एउटा सानु माछोले
जून छुन खोजेछ
जूनतिर देखाउँदै
आˆनो बालाई डाकेछ ।
सानु भुरा देखेर
बाउ छक्क परेछ,
जून पनि हर्षले
नाच्न कम्मर कसेछ ।
सबै माछा उठे
मिलीजुली नाचेछन्
नाच्दानाच्दै थाकेर
मरीमरी हाँसेछन् ।
रात ढल्दै गएछ
जून पनि हिँडेछ
अनि सबै माछाले
जूनलाई बिदा दिएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *