के हो मित्र टाढा पो हुन खोज्नु भो त,
कतै म प्रति गर्ने
माया,दयाको खरेटी पो लाग्यो कि?
म दुखिसंग बोलि चाली गर्दा
कतै पो थाक्यो कि ?
के हो मित्र बोलि चाली नै छैन
कतै रिस राग पो राख्यो कि ??
ठट्यौली पनले गिज्यौनी गर्थे
कतै मुटुमा पो लाग्यो कि?
मित्रताको डोरी समाई हिड्न
जोस जाँगर नै पो भाग्यो कि?
मायालु पनले गिजौनी गर्थे
कतै मुटुमा पो लाग्यो कि….
कतै मुटुमा पो लाग्यो कि????????
राजेश रुम्बा लामा
दोहा,कतार.
