Skip to content

जिउदै लास भइदियो

जिउदै लास भइदियो
बीच बाटोमा छोडेपछि ,
संगै मर्ने संगै बाच्ने बाचा कसम
निर्मोहीले तोडेपछि.!
मरे तुल्य भइदियो
दोबाटोमा छोडेपछि
आफ्नै भन्ने निस्ठुरीले
अन्तै माया जोडेपछि
गन्तब्यबीहिन भइदियो
संगै क्षितिज पुगौ भन्नेले.
अर्को बाटो मोडेपछि
हावा बिनाको चंगा भो जीवन
आफ्नै मुटु सम्झिने बैगुनीले
यो कालेको निर्दोष मुटु फोडेपछि
जिउदै लास भइ दियो
मसान घाटमा छोडेपछि
निश्चल मेरो माया लत्याई
अन्तै माया जोडेपछि ……..बश ……जोडेपछि

राजेश रुम्बा लामा
दोहा,कतार ,
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *