बिर्सु भन्छु सम्झना झनै भेल भो
न त भए टाढा न त हाम्रो मेल भो
एकोहोरो माया मेरो हार न जीतको खेल भो
अर्को साथ रोजु भने गन्तब्यमा पुगिन्न कि
अर्को मन खोजु भने चाहाना नै मेटिन्न कि
मेरो माया आज खोलाविचको किनार भो
न त भए टाढा न त हाम्रो मेल भो
बिर्सु भन्छु सम्झना झनै भेल भो !
छोटो थियो सहयात्रा हाम्रो एकतर्फी माया बढ्यो
अब भेट्न सक्दिन कि मेरो रहर जेल पर्र्यो
कहिले होला भेट हाम्रो मनभरी जरा गढ्यो
त्यो माया मेरो जीवन जिउने साहारा भो
न त भए टाढा न त हाम्रो मेल भो
बिर्सु भन्छु सम्झना झनै भेल भो !!
हाल-दोहा,कतार

didi tapain ko kabita ramero
didi tapain ko kabita ramero 6 .
इन्दिरा जी
सम्झिन्छु भन्दा
इन्दिरा जी
सम्झिन्छु भन्दा कहिले बिर्सिन्छ कहिले बिर्सिन्छु भन्दा पनि भुलिदैन प्रतिछा को पल सयेउ साल लाग्छ
गीति कविता लेख्दै गर्नुहोला
अरुले भुलेपनि सम्झनेलाइ सम्झदै गर्नुहोला
प्यास राम्रो छ