नपिएकै जहर बढि लाग्दो रैछ सानु
बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु
एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि
थाहै नपाई बिपनामा भाग्दो रैछ सानु
पलपल चस्किदिने बिछोडका घाउहरु
झनै बढि चस्किदिन पाक्दो रैछ सानु
टुक्राउछौ कति तिमी छियाछिया मुटु मेरो
जति रुवाउ मनले तिमीलाई माग्दो रैछ सानु ।।
नाम ः– आयुष चौधरी “सम्मोहन”
ठेगाना ः– रझेना ५ कौशिलानगर बाँके
हाल ः– रेडियो जन आवाज एफ. एम. ९७.३ मेगाहर्ज, नेपालगञ्ज

एकदमै सही…!!!
एकदमै सही…!!!
Maya priti nai yasto hunchah
Maya priti nai yasto hunchah hola sabai lekhchhan sammohan jee, mitho prastutiko laagi dhanyabaada aru pani lekhdai januhola shubhakaamana.