Skip to content

मुग्लानमा

  • by


कति मरे हाम्रा साथी पसी मुग्लानमा
दिदीबहिनी कति सडे बसी मुग्लानमा

धनको पोको बोकी आउछु भन्ने सपना लिई
पापीहरूले मारे छुरी घसी मुग्लानमा

असल घर बसाउने पियारीलाई सुन चुरा
चौबीस घन्टा काममा खट्यौ कम्मर कसी मुग्लानमा

चर्को ब्याजमा ऋण खोजी पैसा टिप्ने बहानामा
आएका छौं हामी सबै साहू पोसी मुग्लानमा

लखनपुर ३ झापा ,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *