जहाँ मलाई छोड़ी गयौ काँडाहरू बढेका छन
समाजमा अघोषित साँडाहरू बढेका छन,
फूलहरू कोपिलामै टिपिन्छन नि हेर यहाँ
बस्तीहरूमा खलनायक छाडाहरू बढेका छन,
फूल फुली रम्न नपाई भ्रमराले डसिदिन्छ
जीवन बाँच्न नपाइने भो राँडाहरू बढेका छन,
जता गयो बात लाग्छ हात कोहीको नपारिने
कसो गरी पन्छाऊँ अब घाँड़ाहरू बढेका छन,
लखनपुर ३ झापा ,नेपाल
