Skip to content

पाए हुन्थ्यो


आफैसँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,
आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!
चखेवाको जोडी भई उड्न पाए हुन्थ्यो ,
उनको मनको वेदनालाई चुँड्न पाए हुन्थ्यो ! !

लालगेडी झैं आँखाभित्र अट्न पाए हुन्थ्यो ,
उनको दिलको प्यासहरू मेट्न पाए हुन्थ्यो !!
हात समाई सगरमाथा चढ्न पाए हुन्थ्यो ,
सँग बसी मुना-मदन पढ्न पाए हुन्थ्यो !!

हाम्रो माया दुनियालाई देखाउन पाए हुन्थ्यो ,
हाम्रो नाम गिनिजबुकमा लेखाउन पाए हुन्थ्यो !!
उनको मनमा खुसियाली छर्न पाए हुन्थ्यो ,
बाँचुन्जेलसँग सँगै मर्न सँगै पाए हुन्थ्यो !!

1 thought on “पाए हुन्थ्यो”

  1. लालगेडी झैं आँखाभित्र अट्न
    लालगेडी झैं आँखाभित्र अट्न पाए हुन्थ्यो ,
    उनको दिलको प्यासहरू मेट्न पाए हुन्थ्यो !!
    हात समाई सगरमाथा चढ्न पाए हुन्थ्यो ,
    सँग बसी मुना-मदन पढ्न पाए हुन्थ्यो !!

    yo tapaiko apexyaa abasya puraa holaa naholaa chakendra jee tara kabitaa le pakkai pyaasa metaeko chha..

    saahityik salaam..

Leave a Reply

Your email address will not be published. Required fields are marked *