Skip to content

भक्तिगान: भगवान तिम्रो शरणमा आएँ

  • by


न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ
तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ
 
तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा
तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार
 
तिमीले बुझायौ मर्म जीवनको तिमीले नै दियौ ज्योति ज्ञानको
तिमीले नै देखायौ कर्मको बाटो तिमीले नै सिकायौ भक्ति जीवनको
 
देऊ ईश आज वरदान अर्को तिम्रो साथ कहिल्यै नछुटोस्
तिम्रो पाऊ चरणकमलमा झुक्न यो शीर कहिल्यै नटुटोस् 
 
नपूजाको थाली नकोही अक्षता भगवान तिम्रो शरणमा आएँ
तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ
 
पुष्पा खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *