Skip to content

धनको पोको बोकी आउँला


धनको पोको बोकी आउँला
घर धानी बस तिमी
सुख दुख यस्तै हो प्रिय
हाँसी खुसी जिउँला हामी
( चिन्ता तिमी गर्दै नगर………………….
आँशु कहिलै झार्दै नझार………२)

घरबारी सबै तिम्रो
इज्जत धर्म तिम्रै भर छ
समालेर हिँड तिमी
कुरा काट्ने सबको डर छ
(गलत पाइला चाल्दै नचाले………
गलत कार्य थाल्दै नथाले……………२)

आउँदा होलान इष्टमित्र
आउँदा होलान साथीभाइ
मान मर्यदा राख प्रिये
आउने सबैलाई
(सबको सामु खुसी हुनू
बैरी हाँस्छ कहिले नरुनू………..२)

राम्रो हुनु सबै सामु
सबैसँग राम्रो बोल्नू
पीडा ब्यथा मन मै राख
कसैसँग नखोल्नू
(हुन्छन् यहाँ सबै सुखमा
कोही हुन्न तिम्रो दुखमा ,,,,,,,,,,,,,,,,,,२)

राजेश रुम्बा लामा
दोहा.कतार .
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *