यसअघि नै यसै मझेरी डट कमबाट गजलका २१४ ओटा बहरको सूत्र नमूना (गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी”) प्रकाशन भैसकेको छ । मझेरी डट कमको लेखक-सूचीभित्र प्रवेश गरेर गोर्खे साइँलोको लेख अध्ययन गर्नुहुन र यी तल दिइएका थप ४० ओटा सूत्रसमेतको अध्ययन गर्नुहोला । केही पुराना हिन्दी उर्दू र फारसीका पुस्तकहरू उपलब्ध नभएर यहाँ पनि पुरा हुन सकेको छैन । पृय पाठकवर्गले झन्झट नमानीकनै यो मझेरी डटकम हेर्दै रहेमा एकदिन अवश्य पुरा हुनेछ ।
—गोर्खे साइँलो
पूर्व प्रकाशित रचना यता: गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी”
लेखका सबै रचनाहरू यता: गोर्खे साइँलो
बिषय प्रवेश
घ बहरे मुतकारिबका थप बहरहरू
१, बहरे मुतकारिब मुसम्मन् अस्लम ग छन्द – विध्वङ्कमाला
सूत्र -फैलुन् + फऊलुन् + फऊलुन् + फऊलुन्
ऽऽ।ऽऽ।ऽऽ।ऽऽ
खै ! पो कताबाट आए हुसैन !
बत्ती नबल्दै उज्यालो भएछ
२, बहरे मुतकारिब मुसम्मन् अबतर
सूत्र -फाइलातुन् + फऊलुन् + फऊलुन्
ऽ।ऽऽ।ऽऽ।ऽऽ
याद आयौ मलाई डहरमा
फर्कि आएँ म तिम्रो सहरमा
३, बहरे मुतकारिब मुसम्मन् महजूफ
सूत्र -मफा + फऊलुन् + फऊलुन्
।ऽ।ऽऽ।ऽ।ऽऽ
उ देउराली चढी रहेछ
यता यता नै बढी रहेछ
ङ केही मुदाइफ बहरहरू
१, बहरे मुतकारिब मुसद्दस् सालिम मुदाइफ
सूत्र -फऊलुन् * ६ ।ऽऽ * ६
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ
दिलैभित्रको बास तिम्रो जलाएँ भने पाप लाग्छ
तिमीबाट पाएछु माया भुलाएँ भने पाप लाग्छ
२, बहरे मुतकारिब मुसम्मन् सालिम मुदाइफ
सूत्र -फऊलुन् * ८ ।ऽऽ * ८
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ ।ऽऽ।ऽऽ
दिलैभित्र मेरो थियो बास जस्को उनी याद आए बिहानै-बिहानै
वसन्ती छटाको सुगन्धी हवामा उनी मुस्कुराए बिहानै-बिहानै
३, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मख्बून मुदाइफ
सूत्र -फालुन् + फइलुन् + फालुन् + फालुन् * २
ऽऽ॥ऽऽऽऽऽऽऽ॥ऽऽऽऽऽ
यो देश सबैको साझा हो यो मान र इज्जत हो हाम्रो
सबथोक यही नेपालीको यो शान र शौकत् हो हाम्रो
४, बहरे मुतदारिक मुसद्दस सालिम मुदाइफ
सूत्र -फाइलुन् * ६ ऽ।ऽ * ६
ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ
प्रेमको रागमा गाउने त्यो तराना भुलायौ तिमी
देशको प्रेम माया भुलायौ चित्त मेरो दुखायौ तिमी
५, बहरे मुतकारिब मुसद्दस् महजूफ मुदाइफ ख
सूत्र -फऊलुन् +मफा +फऊलुन् ह् २
।ऽऽ।ऽ।ऽऽ।ऽऽ।ऽ।ऽऽ
तिमी साथमा नहूँदा यही जिन्दगी अधूरो
कसो के गरी म बाँचौँ अहोरात्रि याद आयौ
६, बहरे मुतकारिब मुसद्दस मक्बूज अस्लम मुदाइफ!बहरे मुजास मुसम्मन् मख्बून
सूत्र -मफाइलुन् + फाइलातुन् + मफाइलुन् + फाइलातुन्
।ऽ।ऽऽ।ऽऽ।ऽ।ऽऽ।ऽऽ
गरेर मीठो कुरा नै सधैँ भुलायौ तिमीले
छल्यौ यही जिन्दगानी दुखी बनायौ तिमीले
७, बहरे मुतकारिब मुसद्दस् अस्लम मुदाइफ
सूत्र -मुस्तफ्इलुन् + मफ्ऊलुन् + मुस्तफ्इलुन् + मफ्ऊलुन्
ऽऽ।ऽऽऽऽऽऽ।ऽऽऽऽ
हेरी रहेछन् कर्के कस्तो जमाना आयो
आफन्तलाई बिसे्र कस्तो जमाना आयो
८, बहरे मुतदारिक मुसद्दस मख्बून मुदाइफ
सूत्र -मुतफाइलतुन्+ मुतफाइलतुन्+ मुतफाइलतुन्
॥ऽ॥ऽ॥ऽ॥ऽ॥ऽ॥ऽ
मनभित्र सधैँ नवप्रीत भर्यो तिमि जीवनमा
नवकुाज बनेर पराग छर्यो तिमि जीवनमा
चबहरे हजजका थप मुजाहिफ बहरहरू
१, बहरे हजज मुसम्मन् महजूफ छन्द – समता
सूत्र -मफाईलुन् + फऊलुन् + फऊलुन् + फऊलुन्
।ऽऽऽ।ऽऽ।ऽऽ।ऽऽ
पुरानो घाउ फेरि बल्झेर आयो
उही सामन्तको रुप फर्केर आयो
२, बहरे हजज मुसम्मन् महजूफ छन्द – कन्दुक
सूत्र -फऊलुन् + फऊलुन् +फऊलुन् + मफाईलुन्
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽऽ
निकै याद आएछ तिम्रो सहर आज
दिलैमा पलाएछ मीठो रहर आज
३, बहरे हजज मुसम्मन् अखरम महजूफ छन्द – चाचरीकावली
सूत्र -मफाईलुन् + मफ्ऊलात + मुस्तफ्इलुन् + फा
।ऽऽऽऽऽऽ।ऽऽ।ऽऽ
खरानी भै उड्ने रै’छ यो जिन्दगानी
सबैलाई छल्ने रै’छ यो जिन्दगानी
४, बहरे हजज मुसम्मन् अखरब महजूफ अखरम
सूत्र -मुस्तफ्इलुन् +मुफ्तइलुन् +मुस्तफ्फैलुन्
ऽऽ।ऽऽ॥ऽऽऽऽऽ
बढ्दो छ संत्रास जमाना उस्तै छ
के गर्नु खै ! आस जमाना उस्तै छ
५, बहरे हजज मुसम्मन् मक्फूफ अखरब अखरम
सूत्र -मफाईलु + मुस्तफ्इलुन् + फाइलातुन् + फा
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽऽ
अझै विघ्न-बाधाहरू हर्न बाँकी छ
तिमीसङ्ग मन्का कुरा गर्न बाँकी छ
६, बहरे हजज मुसम्मन् अखरब अखरम अस्तर
सूत्र -मुस्तफ्इलुन् + मफ्ऊलात + मुस्तफ्फैलुन्
ऽऽ।ऽऽऽऽ।ऽऽऽऽ
सामन्तवादीका झेल उस्तै-उस्तै
हत्या र िहंसाका खेल उस्तै-उस्तै
७, बहरे हजज मुसम्मन् मक्बूज अखरम अखरब
सूत्र -मफाइलुन् + मफ्ऊलुन् + मफ्ऊलु + मफ्ऊलुन्
।ऽ।ऽऽऽऽऽऽ।ऽऽऽ
गरीबको झुप्डीमा दाना अझै छैन
शरीरलाई ढाक्ने नाना अझै छैन
८, बहरे हजज मुसम्मन् अखरब मक्फूफ अबतर उर्दू-फारसीको एक छन्द – रुबाई
सूत्र -मुस्तफ्इलु + मुस्तफ्इलु + मुस्तफ्फैलुन्
ऽऽ॥ऽऽ॥ऽऽऽऽ
आफ्नो घर छोडेर म अन्तै धाएँ
उन्को दिल तोडेर म अन्तै धाएँ
९, बहरे हजज मुसम्मन् मक्फूफ मरव्बून अस्तर अखरम
सूत्र -मफाईलु + मफाइलुन् + फाइलातुन् + फैलुन्
।ऽऽ।।ऽ।ऽऽ।ऽऽऽऽ
अझै आङ भरी छ है ¤ घाउ उस्तै-उस्तै
नयाँ शासकको पनि दाउ उस्तै-उस्तै
१०, बहरे हजज मुसम्मन् मक्फूफ अस्तर अखरम महजूफ
सूत्र -मफाईलु +फाइलातुन् +मुस्तफ्इलुन् +फा
।ऽऽ।ऽ।ऽऽऽऽ।ऽऽ
अझै चैन छैन मेरो दिलमा हुसैन!
कतै कोल्टिने छ फेरि पापी जमाना
११, बहरे हजज मुसद्दस अस्तर अखरम मक्बूज
सूत्र -फाइलातुन् + मफ्ऊल + फाइलुन्
ऽ।ऽऽऽऽ।ऽ।ऽ
एक चुल्ठो बाटेर गै गयौ
पीरती नै साटेर गै गयौ ।
१२, बहरे हजज मुसद्दस अबतर अखरब महजूफ छन्द – मदलेख
सूत्र -मफ्ऊलात +फऊलुन्
ऽऽऽ।।ऽऽ
तिम्रो प्रेम नगरमा
अल्झेछू म बगरमा
१३, बहरे हजज मुसद्दस मक्बूज महजूफ अखरम
सूत्र -मफाइलुन् + मफाईलुन् + फैलुन्
।ऽ।ऽ।ऽऽऽऽऽ
पहाड हैन गौरव् हो मेरो
मधेस हैन सौरभ् हो मेरो
१४, बहरे हजज मुसद्दस् अस्तर मक्बूज
सूत्र -फाइलुन् + मफाइलुन् + फाइलुन्
ऽ।ऽ।ऽ।ऽऽ।ऽ
दुःख नै बढ्यो यही देशमा
रक्त पो बग्यो यही देशमा
छबहरे रमलका थप मुजाहिफ बहरहरू
१, बहरे रमल मुसम्मन् मक्फूफ
सूत्र -फाइलातु + फाइलातुन् + फाइलातु + फाइलातुन्
ऽ।ऽ।ऽ।ऽऽऽ।ऽ।ऽ।ऽऽ
जे थियो मसङ्ग आफ्नो ती सबै दिएर आएँ
दुःखमा सघाउनेको सम्झना लिएर आएँ
२, बहरे रमल मुसम्मन मरव्बून मक्सूर
सूत्र -फाइलातुन् + फिइलातुन् + फिइलातुन् + फइलुन्
ऽ।ऽऽ॥ऽऽ॥ऽऽ॥ऽ
आजको रात नयाँ दीप जल्यो मन्दिरमा
आत्मसम्मानसँगै शान्ति बढ्यो मन्दिरमा
३, बहरे रमल मुसम्मन् मक्फूफ मक्तुअ
सूत्र -फाइलातु +फाइलातुन् + फैलुन् +फाइलातुन्
ऽ।ऽ।ऽ।ऽऽऽऽऽ।ऽऽ
आँसुसङ्ग जिन्दगीको नाता गाँसिएछ
भाग्यमाथि बैगुनीको गाता गाँसिएछ
४, बहरे रमल मुसम्मन् मशकूल मक्कूफ महजूफ मक्तुअ
सूत्र -फिइलातु + फाइलातु + फाइलातुन् + फा
॥ऽ।ऽ।ऽ।ऽ।ऽऽऽ
गणतन्त्रको विधान लेख्न बाँकी छ
जनवादको प्रभात रोज्न बाँकी छ
५, बहरे रमल मुसम्मन् मक्तुअ
सूत्र -फाइलातुन् + फैलुन् + फाइलातुन् + फाइलातुन्
ऽ।ऽऽऽऽऽ।ऽऽऽ।ऽऽ
प्राणभन्दा प्यारो हुन्छ आफ्नो मातृभूिम
पीर-मर्कालाई हर्छ आफ्नो मातृभूिम
६, बहरे रमल मुसद्दस मक्तुअ
सूत्र -फाइलातुन् + फाइलातुन् + फैलुन्
ऽ।ऽऽऽ।ऽऽऽऽ
पीरतीको चोट खाएँ मैले
जिन्दगीमा दुःख पाएँ मैले
७, बहरे रमल मुसद्दस मरव्बून महजूफ
सूत्र -फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ॥ऽऽऽ।ऽ
जून झर्दा म तिमीसङ्गै थिएँ
बात गर्दा म तिमीसङ्गै थिएँ
८, बहरे रमल मुरब्बा मक्फूफ छन्द – मल्लिका!समानिका
सूत्र -फाइलातु +फाइलातु
ऽ।ऽ।ऽ।ऽ।
शान्तिको दियो जलाइ
साधना गरेँ म आज
जमुरक्कब बहरका थप मुजाहिफ बहरहरू
१, बहरे खफीफ मुसद्दस मरव्बून मक्सूर
सूत्र -फाइलातुन् + मुफाइलुन् + फिइलुन्
ऽ।ऽऽ।ऽ।ऽ॥ऽ
फूल नै हो उही र बाग उही
भृङ्ग रम्ने अझै पराग उही
२, बहरे मुजारे मुसम्मन् अखरब मरव्बून अस्तर छन्द – लक्ष्मी
सूत्र -मफ्ऊलुन् + फिइलातुन् + फाइलुन् + फिइलातुन्
ऽऽऽ॥ऽऽऽ।ऽ॥ऽऽ
भत्केको दिलमा आली लगाउन आएँ
यो संसार सबै आफ्नो बचाउन आएँ
३, बहरे मुजारे मुसम्मन् मक्बूज
सूत्र -मफाइलुन् + फाइलातुन् + फाइलातुन्
।ऽ।ऽऽ।ऽऽ।ऽ।ऽऽ।ऽऽ
लुकी-लुकी बस्नुपर्ने भएछ यो जिन्दगानी
हुरीसँगै उड्नुपर्ने भएछ यो जिन्दगानी
४, बहरे मुजारे अखरम् मरव्बून छन्द – लोला
सूत्र -मफ्ऊलुन् + फिइलातुन् + फिइलातुन्
ऽऽऽ॥ऽऽऽऽऽ॥ऽऽ
यो बस्ती र सहरमा बिग्रेको छ जमाना
मोती खोजे बगरमा बिग्रेको छ जमाना
५, बहरे करीब मुसद्दस अबतर अखरब मरव्बून छन्द – हंसरुत
सूत्र -मफ्ऊलात + फिइलातुन्
ऽऽऽ।॥ऽऽ
मायाको भल बगायौ
प्रेमीझैँ कसम खायौ
६, बहरे कलीब मुसद्दस् मक्फूफ मशकूल अबतर छन्द – भदि्रका
सूत्र -फाइलातु + फिइलातु + फा
ऽ।ऽ।॥ऽ।ऽ
नाउ चल्छ पतवारले
प्रेम गर्छ दिलदारले
७, बहरे सगीर मुसद्दस मुतव्वी मक्तुअ मरव्बून छन्द – दीपकमाला
सूत्र -मुफ्तइलुन् + फैलुन् + मफाइलुन्
ऽ।।ऽऽऽ।ऽ।ऽ
जून चुहेको रातझैँ तिमी
साउनको बसा्रतझैँ तिमी
झउर्दू-फारसी बहर र संस्कृत छन्दको तुलना
उर्दू-फारसी बहरसंस्कृत छन्द
कमुफरद बहरहरू
१, बहरे मुतकारिब मुसम्मन् सालिम — भुजङ्गप्रयात
२, बहरे मुतकारिब मुरब्बा सालिम — शङ्खनारी
३, बहरे मुतदारिक मुसम्मन् सालिम — स्रग्विणी
४, बहरे मुतदारिक मुसद्दस् सालिम — महालक्ष्मी
५, बहरे मुतदारिक मुरब्बा सालिम — विमोहा
६, बहरे हजज मुसम्मन् सालिम — विधाता
७, बहरे हजज मुसद्दस सालिम — सिन्धु
८, बहरे हजज मुरब्बा सालिम — विजात
९, बहरे रजज मुसम्मन् सालिम — हरिगीतिका!बीभत्स
१०, बहरे रजज मुरब्बा सालिम — मधुमालती
११, बहरे रमल मुसम्मन् सालिम — माधवमालती
१२, बहरे कामिल मुसम्मन् सालिम — प्रमदानन!गीतिका
१३, बहरे कामिल मुरब्बा सालिम — संयुता
खमुजाहिफ बहरहरू
१४, बहरे मुतकारिब मुसम्मन् महजूफ — भुजङ्गी
१५, बहरे मुतकारिब मुसम्मन् मक्बूज — मौक्तिकदाम
१६, बहरे मुतकारिब मुसद्दस मक्बूज अस्लम — वितान
१७, बहरे मुतकारिब मुरब्बा मक्बूज — मालती
१८, बहरे मुतकारिब मुसम्मन् अस्लम — विध्वङ्कमाला
१९, बहरे मुतदारिक मुसम्मन् मरव्बून — तोटक
२०, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मरव्बून — मोटनक
२१, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ ब्रह्मरुप
२२, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ महजूफ — सारङ्गी
२३, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ — विद्याधर
२४, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ महजूफ — माला
२५, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ — विद्युन्माला
२६, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ महजूफ — शीर्षरुपक
२७, बहरे मुतदारिक मुरब्बा मख्बून — तिलका
२८, बहरे हजज मुसम्मन् महजूफ — क — दिगम्बरी
२९, बहरे हजज मुसम्मन् महजूफ — ख — समता
३०, बहरे हजज मुसम्मन् महजूफ — ग — कन्दुक
३१, बहरे हजज मुसम्मन् अखरब — सारङ
३२, बहरे हजज मुसम्मन् मक्बू — पन्चचामर
क्र.म.स.
गजल कुटेरी बिशालमार्ग नारायणगढ चितवन ।

धेरै धेरै धन्यबाद गोर्खे
धेरै धेरै धन्यबाद गोर्खे साँईलो जी लाई
यती धेरै मेहनत गरेर गजल प्रेमी हरुको लागी लेख तयार पार्नु भएकोमा,
म त केही पनी भुजन सकेन
sss| ||ss
सुत्र-मफउलात+फिईलातुन्
मायाँको भल बगायौ
प्रेमी झैं कसम खायौ
sss||ss
सुत्र-मफउलात+फउलन्
तिम्रो प्रेम नगरमा
अल्झेछु म बगरमा
हेर्दा त एकै छ तर सुत्र फरक रहेछ कसरी होला भुज्नै सकेन मत…
फेरी एक पटक धन्यबाद गोर्खे
फेरी एक पटक धन्यबाद गोर्खे साईँलो जी लाई
धन्यवाद गोर्खे जी तपाईंले भने
धन्यवाद गोर्खे जी तपाईंले भने झैं मैले majheri.com हेरें बहरको सुत्र पनि पाएँ तर यो ऽऽ।ऽऽ।ऽऽ।ऽऽ भनेको मैले बुझिंन यसभन्दा अगाडि मैले सिक्दा उदाहरण
जस्तै:- मुजारा बहरको –
मफूल-फाइलातुन् X 2
२२१|२१२२x२
के त्यसको मतलब पनि उही हो? र अर्को बहर गिन्ती गर्द र्ह्वासो दिर्घ कुन गिन्ती हुन्छ कुन हुँदैन? आधा अक्षर के हुन्छ? आदी बिषयमा अलमल्ल परेको छु । सुत्र मात्रै पाएर त्यसको कसरी प्रयोग गर्ने भन्ने जानकारी भएन भने कुनै उपयोग हुँदैन जस्तो लाग्यो यदी सम्भव भएमा त्यो पनि जानकारी दिनु भएमा म आभारी हुने थिएँ । यती धेरै जानकारीहरु उपलब्ध गरै दिनु भएकोमा धन्यवाद छ ।
धन्यवाद मित्र,
धन्यवाद मित्र,
धन्यवाद मित्र, तपाइँले मेरो गजल सम्बन्धित लेखलाइ अध्ययन गर्नु भएछ, मलाइ खुसी लागेको छ । बहर वा पिङ्गल छन्दमा लेख्दाका सूत्रमा ऽऽ। ऽऽ। ऽऽ। ऽऽ भनेको र तपाइँले जानेको २२१ २२१ २२१ २२ यि दुवै एकै हुन् । अब रह्यो ह्रसो र दीर्घमा आधा अक्षर के हुन्छ वा कसरी प्रयोग हुन्छ ? उदहारणामा भन्नु पर्दा जस्तैः डल्ले, सन्ते, सत्य कृष्ण जस्ता अक्षेरहरूमा डल्ले को आधा ल् अक्षरलाइ ड ले तानेर ड पनि दीर्घ भएर डल्ले दुवै अक्षर दीर्ङ भयो । त्यस्तै सन्ते अनि कृष्णका दुवै अक्षरहरू दीर्घ भए । तर सत्यको सले भने त् को आधा अक्षर तान्न सक्दैन त्यसैले सत्य दुवै अक्षर ह्रसो भयो । िकन भने य मा लागेको आधा त् लाइ अघिल्लो अक्षरले तान्दैन । अरू केही समस्या भएमा मेरो इमेल ID> gorkhesailo@yahoo.com मा मेल गरेर पनि सरसल्लाह पेाप्त गर्न सक्नु हुन्छ ।