Skip to content


बिस्तारै अधर्मको बस्तीमा सरेको छ मान्छे
स्वर्ग छिर्न नसकेर नर्क झरेको छ मान्छे

जताततै भोकमारीको डढेलो जाँदा खेरी
अनिकालको त्यो चपेटामा मरेको छ मान्छे

शरीर मानब भए पनि ब्यबहारमा यहाँ
साह्रै निच पशु जस्तै हेर चरेको छ मान्छे

दिन प्रतिदिन बिनाशकारी होडबाजीले
आफैले खानेको खाल्डोमा आफै परेको छ मान्छे

भोका नाड्गा काकाकुल धेरै देख्छु दुनियामा
अफ्सोच आफ्नै मात्रै भकारी भरेको छ मान्छे

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *