Skip to content

जात मात्र

  • by


जात मात्र मान्छे भयो, बोलाउने नाउँ छैन
धर्ती ओछ्यान ओढ्ने आकाश, अरु कुनै गाउँ छैन

हिउँ जम्छ शरीरमा, भोक बल्छ पेटभरि
रछयानको सिता बाहेक, अरु केही खाउँ छैन

चहर्याउँदा छातीभित्र, काँढा बिझ्दा मुटु भरि
मनभरि घाउ हुँदा, चिसो मल्हम लाउँ छैन

मेरो लागि निष्ठुरी त्यो, दैव हो कि भाग्य भयो
एक्लो हुँदा रातभरि, लुकाउने ठाउँ छैन

जात मात्र मान्छे भयो, बोलाउने नाउँ छैन
धर्ती ओछ्यान ओढ्ने आकाश, अरु कुनै गाउँ छैन

(अमेरिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *