Skip to content

मनमा रह्यो दु:खको खात

  • by


शिशिर आयो, झारेर पात
मनमा रह्यो, दु:खको खात

उमेर सँगै, पाइला चाल्दा
गाह्रो भो बुझ्न, प्रेमको जात

त्यो तिम्रो साथ, म खोजी बस्दा
लगायौ किन, अरुकै बात?

कसम तोडी, गयौ नि टाढा
मायामा मेरो, मारेर लात

प्रेम नै भनी, विश्वाश गर्दा
रहेछ तिम्रो, बैशको मात

विश्वाश अति, गर्दिन अब
मलाई भयो, आज यो घात

बिर्सिन्न कैल्यै,त्यो तिम्रो चोट
औशी भो आज, पुर्णेको रात

कुरेर बस्दा, तिमी नै भनी
रित्तो भो आज, “अवि”को हात

(साउदी अरब)

Leave a Reply

Your email address will not be published. Required fields are marked *