Skip to content


म जाना-जानी पिउँदैछु
सदियौंदेखि पिउँदैछु
पाहिले रहरले पिएँ
दु;खमा पिएँ
आँसुमा पिएँ
खुशीमा पिएँ
हेलो-हाइमा पिएँ
थकाइमा पिएँ
अहिले आदतमा पिउँदैछु
भट्टीमा पिउँदैछु
हो म सारमा रक्सी पिउँदैछु
यथार्थमा म  
श्रीमतीको आँसु पिउँदैछु
उनकै चाहाना पिउँदैछु
रहर पिउँदैछु
ख़ुशी पिउँदैछु
प्यार पिउँदैछु
छोराको स्कूलको शुल्क पिउँदैछु
उसको युनिफर्म पिउँदैछु
छोरीको उच्च शिक्षाको लक्ष्य पिउँदैछु
आमाको सुन्दर घर बनाएर बस्ने सपना पिउँदैछु
बुबाको सन्तानको ख़ुशी हेर्ने चाहना पिउँदैछु
साथी-भाइ इष्ट-मित्र, छरछिमेक नाता-गोता
सबै पिउँदैछु
भावमा भन्नु पर्दा म आफैलाई पिउँदैछु

लखनपुर ३, झापा, नेपाल
हाल: बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *