Skip to content

वन पस्न बाँकी छ

  • by


यमराजको भरौटेले, डस्न  बाँकी  छ
मुटुमा  तिखो  छुरी, धस्न  बाँकी  छ

मरेतुल्य भा’ छु यहाँ जिउँदो  लास झैं
हो मलाई चितामा मात्रै कस्न बाँकी छ

गेरुबस्त्र  त लगाइसकें मैले पनि
अब मात्रै खरानी धसी बस्न बाँकी छ

दुनियाँको  नजरबाट  गिरिसकें  म
आखिर तारे भिरबाट खस्न बाँकी छ

बिषाक्त नसा पिउन थालिसकें मैले
बौलाएर खिलाफी बन, पस्न बाँकी छ

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *