Skip to content

एउटालाई दु:ख पर्दा

  • by


एउटालाई दु:ख पर्दा मान्छे त्यसै हाँसिदिन्छन 
ब्यथा पोख्ने ठाउ नै हुन्न भन्यो भने रिसाइदिन्छन
 
सिथिल हुन्छु त्यसै त्यसै नबुझे झै गर्छन् सबै
मनको बाँध भत्काइदिन्छन गोधुलिमा बस्छु रुँदै
दुख्छ भित्र निचोरिन्छु मान्छे त्यसै हाँसिदिन्छन
ब्यथा पोख्ने ठाउँ नै हुन्न भन्यो भने रिसाइदिन्छन
 
शरदमा फुल्ने फूल ओईली एक दिन झर्नै पर्छ
मृत्यु हाम्रो तितो सत्य हो एक दिन त मर्नैपर्छ
धरातल एउटै सम्झे मान्छे त्यसै हाँसिदिन्छन
ब्यथा पोख्ने ठाउनै हुन्न भन्योभने रिसाइ दिन्छन

चारपाने झापा
हाल, ब्रुस्सेल्स बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *