तिम्रो नजरमा पनि दोसी नै भएर बाच्नु पर्ने भए
म जिउदो रहनुको अर्थ छैन
तर निरअर्थक नै जिउने, बानि परि सके छ मलाई
किनकि मलाई आत्म हत्या गर्ने आट छैन
तिम्रो सहर मै बदनामी कमाउन परे
मेरो अस्तित्वको कुनै महत्व नै छैन
तर अस्तित्वबिहिनता नै मन पर्न थालेछ कि मलाई
तिम्रो रहरको तगारो त ठानी सक्यौ भने
मैले आफुलाई चिनाउनुको अर्थ छैन
तर म हुनुको बास्तबिकतालाई कसरि वेवास्ता गरु म
तिम्रो खुसियालीमा डडेलो लगाउने जिम्मा मैले नै पाइसके भने
सितको थोपाले सितलता दिने प्रयत्न गर्नु ब्यर्थ छ मैले
तर भूतभुतिदै गरेको हेर्न कहाँ सक्छु र म
तिम्रो मात्र क्षति कहाँ भएको हो र
मेरो पनि त त्यत्यिकै नोक्सानी भएको छ
तर यो हिसाबकिताब गर्ने तिम्रो बिबेक म को संग सापटी मागु
तिमीलाई त आफ्नो छहारी सोचेको थिए
तर मैले त आफ्नो सिर उदांगो पाए
तिमीलाई त मेरो बिस्वास ठानेको थिए
तर मेरो त भरोसा नै डगमगाएको पाए
लाग्थ्यो, संसारले लखेटे पनि तिम्रो अपनत्व साचिएको हुनेछ मेरा लागि
आफैदेखि भागेपनि तिमीले नै जोगाउनेछौ, संगाल्नेछौ मलाई
तर
तर, भत्किए सबै इच्छाहरु
च्यातिए ति सम्भावनाहरु
भो, मलाई भ्रमको सान्त्वना चाहिएन
ससंकित चाहना पनि चाहिएन
ढोधारे मनोबेदना पनि चाहिएन
म त यसै पनि बाचिदिउला समयको तरङ्गसंगै
तिम्रो छायाबाट ओझेल बनि
छालसंगै बगिदिउला पाखै लागे पनि
मलाई सोध्न नआउनु कस्तो छौ भनि
मल्हम पट्टि नलाउनु झुकिएर पनि
हेटौडा ६ चौघडा
