Skip to content


बाटो फेरी हिंड्न मन लागेन
तिमीले दोबटोमै एक्लै छोडे पनि
काँतर बनी डाँको छोड्न मन लागेन
मेरो मायालाई तिमीले लत्याए पनि

मेरो पवित्र माया सुन्दर फूल हो
छोडेर जाँदा मीठो सुगन्ध छरिदिने
मेरो सुन्दर सपना तिम्रो खुशी हो
विश्वाश गर म छु तिम्रो दु:ख टारिदिने

मेरो आत्मामा तिमी छौ हरपल
प्रेम नै हो आत्माको संयोजन गराउने
तिम्रो सम्झनाहरू नै प्रशस्त छन्
बाँकी जिन्दगी तिम्रै नाममा बिताउने

उपनाम देऊ पागल या प्रेमीको
जुनै शब्द पनि मेरो लागि छन् प्रिय
एक्लो थिएँ तिमीलाई भेट्नु अघि
आज पनि एक्लै छु छैन केही अप्रिय

ईन्द्र कुमार सुनुवार

2 thoughts on “एक्लै छु”

    1. meena g tapailai pani meri
      meena g tapailai pani meri hardik mangalmaya suvakamana
      kabita padidinuvakoma hridaya dekhi muri muri dhanyabad
      tapaiko jaya hos
      indra

Leave a Reply

Your email address will not be published. Required fields are marked *